काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का गंगानारायण श्रेष्ठ समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो । २०७२ असोज ९ गते डा.बाबुराम भट्टराईसँगै बाहिरिएका श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् ।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एक कार्यक्रमकाबीच प्रचण्ड र श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे ।
सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । श्रेष्ठ समुहको अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहित पाँच बुँदे सहमतिमा प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्