Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

हालका मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण असार २६ गतेदेखि अनिवार्य अवकाशमा जान लागेपछि सरकारले कार्कीलाई नयाँ मुख्यसचिवको जिम्मेवारी दिएको हो। अर्यालले करिब सात महिना मुख्यसचिवको जिम्मेवारी सम्हालेका थिए ।

नवनियुक्त मुख्यसचिव कार्की २०८१ भदौमा सहसचिवबाट सचिवमा बढुवा भएका थिए । सचिव बनेको करिब दुई वर्षमै उनी देशको सर्वोच्च प्रशासनिक पदमा पुगेका छन्। नियुक्तिअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला हेर्ने सचिवका रुपमा कार्यरत थिए ।

कार्कीले सहसचिव हुँदा बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका निकायमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । भोजपुरमा जन्मिएका ५६ वर्षीय कार्कीसँग चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतका रुपमा समेत काम गरेको अनुभव रहेको बताइएको छ।

मुख्यसचिव नियुक्तिका क्रममा उनीभन्दा वरिष्ठ सचिवहरु पनि प्रतिस्पर्धामा थिए। स्रोतका अनुसार किरणराज शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, हरिप्रसाद मैनाली लगायतलाई मुख्यसचिवका प्रमुख दाबेदारका रुपमा हेरिएका थिए। तर, सरकारले तुलनात्मक रुपमा कनिष्ठ सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको हो।

नयाँ मुख्यसचिवका रुपमा राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेको निजामती संयन्त्रबीच प्रभावकारी समन्वय कायम गर्दै प्रशासनिक स्थायित्व प्रदान गर्नुपर्ने जिम्मेवारी कार्कीमाथि रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit