Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

महानगरमा अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालन, अनुगमन थप प्रभावकारी हुने

महानगरमा अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालन, अनुगमन थप प्रभावकारी हुने
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउन अत्याधुनिक खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बुधबार प्रयोगशालाको उद्घाटन गर्दै यसबाट खाद्य गुणस्तर परीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।

विज्ञापन
Advertisement
Advertisement

महानगरका अनुसार नयाँ प्रयोगशालाले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्नुका साथै उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण र खाद्य व्यवसायमा गुणस्तर कायम गर्न सहयोग गर्नेछ।

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले खाद्य अनुगमनका क्रममा नमुना परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा अन्य निकायमा निर्भर रहनुपर्ने र परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने समस्या रहेको बताइन्। उनले अब महानगरकै प्रयोगशाला सञ्चालनमा आएपछि केही परीक्षण स्थानीयस्तरमै गर्न सकिने, अनुगमनको गति बढ्ने र आवश्यक परे दण्ड–जरिवानासम्बन्धी प्रक्रिया पनि छिटो अघि बढाउन सहज हुने उल्लेख गरिन्।

डङ्गोलले यो प्रयोगशाला सुरुवात मात्र भएको बताउँदै आगामी दिनमा यसको क्षमता र सेवा थप विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit