Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बजेटमा मितव्ययिता अपनाएर सन्तुलन कायम गर्ने प्रयास गरेका छौं, आजैदेखि कार्यान्वयनमा आउँछ : अर्थमन्त्री पौडेल

बजेटमा मितव्ययिता अपनाएर सन्तुलन कायम गर्ने प्रयास गरेका छौं, आजैदेखि कार्यान्वयनमा आउँछ : अर्थमन्त्री पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलनमा बजेट सन्तुलित विकासका लागि यथार्थपरक रुपमा आएको बताए । उनले बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन हुने बताए ।

विज्ञापन
Advertisement
Advertisement

‘नागरिकको कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ मन्त्री पौडेलले भने, ‘यसको लागि व्यवहारिक, वस्तुनिष्ट कार्ययोजना र कार्यतालिका निर्माण गर्न अर्थमन्त्रालय आजैदेखि काममा जुट्छ ।’

अर्थमन्त्री पौडेलका अनुसार बजेटले आम्दानी र खर्चबीच सन्तुलन कायम गर्ने प्रयास गरेको छ। ‘राजस्व उठाउने लक्ष्य सन्तुलित छ र उठाउन सकिने अवस्थामा छ। हामीले नीतिगत सुधारहरूलाई पनि समेटेका छौं’उनले भने । मन्त्रालयले प्रत्येक आयोजनाको लागि बजेटमार्फत ३ करोड रुपैयाँको दरले मापदण्ड बनाएर रकम विनियोजन गरिएको पनि पौडेलले प्रस्ट पारे । उनले भने, ‘यो सिमाभित्र रहँदा सजिलो थिएन । तर मितव्ययिता अपनाएर सन्तुलन कायम गर्ने प्रयास गरेका छौं।’

बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट व्यावहारिक बजेट ल्याइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेटले सामाजिक सुरक्षालाई प्राथमिकता दिएको दाबी गरे। विशेषगरी पिछडिएका वर्गलाई सम्बोधन गरिएको उनको भनाइ छ । विलासिताका वस्तुहरू, सुन र चाँदीमा लाग्ने शुल्कमा थ्रेसहोल्डको सीमा हटाइएको उल्लेख गर्दै उनले जिजी क्षेत्रको मनोवल बढ्ने गरी बजेट आएकाले अब आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

‘बजेट कार्यान्वयन भएपछि निजी क्षेत्रको मनोबल बढ्नेछ, आर्थिक गतिविधि चलायमान हुनेछ’ मन्त्री पौडेलले विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमा गएपछि विकास निर्माणका काम पनि छिटो अघि बढ्ने उल्लेख गरे । विकास निर्माणमा वैकल्पिक स्रोतहरू पनि परिचालन गरिने जानकारी दिँदै पौडेलले भने, ‘विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ ।’ अर्थमन्त्री पौडेलले प्रस्तुत बजेट लक्ष्य हासिल गर्नसक्ने सीमाभित्र रहेको उल्लेख गर्दै जीडीपीको ५.५ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने सीमा तोकिएको भए पनि त्यसलाई सबै उपयोग नगरिएको धारणा राखे ।

यस्तै, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकले पनि सरकारले ल्याएको १९ खर्ब बढीको बजेटलाई समर्थन गरेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यो बजेटले सुधार (रिफर्म) गर्ने दिशामा महत्वपूर्ण काम गरेको बताए। उनले भने, ‘बजेटले निजी क्षेत्रलाई साँच्चिकै उत्साहित बनाउने प्रयास गरेको छ।’
बजेटले १६औं योजनाका लक्ष्यहरूलाई समेत समेटेको उल्लेख गर्दै राष्ट्र बैंकले पनि बजेट कार्यान्वयनमा पूर्ण समर्थन रहने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit