सैनामैना । भारतको अग्रणी टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउँदै रुपन्देहीको सैनामैनामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। धर्मा ट्रेडर्स द्वारा सञ्चालित हुने यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल र कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीलगायत सहभागी थिए ।

शोरुमको उद्घाटनपछि अध्यक्ष पोखरेलले क्षेत्रीय विकास तर्फ कम्पनीको कदम महत्वपूर्ण भएको बताए । उनले भने, “सैनामैनामा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो। यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”
रुपन्देही जिल्लाको महत्वपूर्ण क्षेत्र सैनामैनामा विस्तार गरिएको उक्त शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह उपलब्ध गराउनेछ । जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्नुका साथै उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने मिशनलाई निरन्तर अघि बढाउँदै लैजाने कम्पनीले जनाएको छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको विस्तार गरेकाले कजारियाको लागि महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालमा सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजार भन्दा बढी विशेष डिजाइनमा टाइल्सका विकल्पहरू प्रस्तुत गरेको जनाएको छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्क मार्फत कजारियाका प्रिमियम टाइल्स बजारमा उपलब्ध छन् । कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ।
कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

















प्रतिक्रिया दिनुहोस्