Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बजेट कार्यान्वयनको उपलब्धिबारे यस्तो छ, अर्थमन्त्रीले दिएको पाँच बुँदे जवाफ

बजेट कार्यान्वयनको उपलब्धिबारे यस्तो छ, अर्थमन्त्रीले दिएको पाँच बुँदे जवाफ
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट कार्यान्वयनले देशको आर्थिक गतिविधि विस्तार हुने दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले आज मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै बजेट कार्यान्वयन हुँदा देशको आर्थिक गतिविधि विस्तार हुनाका साथै निजी क्षेत्रको लगानी वृद्धि हुनेलगायत पाँच बुँदामा उपलब्धि हासिल हुने जवाफ दिएका छन् ।

बजेटले देशमा रोजगारीका अवसर वृद्धि हुने, पूर्वाधार आयोजनाहरु निर्धारित समयमै सम्पन्न हुने दाबी अर्थमन्त्री पौडेलको छ । यस्तै, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान पनि उनको छ ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न आयोजना व्यवस्थापनको क्षमता बढाउने, साउन मसान्तभित्र दरबन्दीको पदपूर्ति गर्ने व्यवस्था मिलाएको बताए । यस्तै, नीतिगत सुधार र बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयले अग्रसरता लिने तथा अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउने गरी प्रबन्ध गरिएको समेत मन्त्री पौडेलको भनाइ छ । उनका अनुसार बजेटले शीघ्र निर्णय र अन्तर मन्त्रालय समन्वय गर्ने विषयलाई प्रभावकारी बनाउन महत्व दिएको छ ।

यस्तै, अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन प्रक्रिया आजैदेखि अघि बढेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit