Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न साइकल र घोडा र्‍याली

मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न साइकल र घोडा र्‍याली
विज्ञापन
Advertisement

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा आज संयुक्त साइकल तथा घोडा र्‍याली आयोजना गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जलवायु सङ्कटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्‍याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा र्‍याली आयोजना गरिएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङ पुगेर सहभागी भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल र्‍यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् । “हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा र्‍यालीले चिनाउने हाम्रो ध्येय हो”, अध्यक्ष लालचनले भने, “हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु सङ्कट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौँ ।”

समुन्द्री सतहदेखि तीन हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकलयात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवर्द्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको सापकोटाको भनाइ छ । “हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो”, राइडर सापकोटाले भने ।

साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्य सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्‍याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए। “हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त तीन हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ”, उनले भने । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पुर्‍याउने मल्लको भनाइ छ ।

स्थानीय कर्म गुरुङले जलवायु सङ्कट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राखे । “मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो”, उनले भने, “पछिल्लो समय जलवायु सङ्कटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष क्षति परिरहेको छ ।”

यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङको जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।

गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो । र्‍याली पाँचवटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए । र्‍यालीमा ३६२ साइकल र ३० वटाभन्दा बढी घोडाको प्रयोग भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit