Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यामाहा नेपालले ल्यायो एमटी–१५भर्सन २ मा विशेष अफर

यामाहा नेपालले ल्यायो एमटी–१५भर्सन २ मा विशेष अफर
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा नेपालले एमटी–१५भर्सन २ चाहनेहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ। अबदेखि नयाँ एमटी–१५भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले लिमिटेड टाइमका लागि उपहार स्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन्।

विज्ञापन
Advertisement
Advertisement

जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन्। अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम भएको यामाहा नेपालको बुझाइ छ ।

यो अफर एमटी–१५ भर्सन २ को निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ। यसबारे बोल्दै एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “एमटी–१५भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ। यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं। यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न
प्रतिबद्ध छ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit