Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

धनुषाको मिथिला नगरपालिकालाई ४२ करोड ५४ लाख बजेट

धनुषाको मिथिला नगरपालिकालाई ४२ करोड ५४ लाख बजेट
विज्ञापन
Advertisement

 काठमाडाैं । धनुषाको ११ वटा नगरपालिकामध्ये सबैभन्दा धेरै मिथिला नगरपालिकालाई बजेट परेको छ । आगामी आर्थिक वर्ष २०८२-०८३का लागि वित्तीय हस्तान्तरण अन्तर्गत ४२ करोड ५४ रुपैयाँ बजेट परेको हो । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान( पुँँजीगत) सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको हो । त्यस्तै सबैभन्दा कम कमला नगरपालिलाई परेको छ । उक्त पालिकामा ३० करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

धिरेश्वरनाथ नगरपालिकालाई ३६ करोड ६७ लाख, गणेशमान–चारनाथ नगरपालिकालाई ३४ करोड ८३ लाख, धनुषा धाम नगरपालिकालाई ३८ करोड ८५ लाख,नगराइन नगरपालिकालाई ३५ करोड २५ लाख,विदेह नगरपालिकालाई ३३ करोड १५ लाख, सबैला नगरपालिकालाई ३७ करोड ५९ लाख र शहिद नगरपालिकालाई ४१ करोड ३७ लाख, मिथिला विहारी नगरपालिकालाई ३२ करोड १३ लाख र हंसपुर नगरपालिकालाई ३६ करोड ९० लाख रुपैयाँ बजेट संघीय सरकारले हस्तान्तरण गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit