Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा (एमाले)को संसदीय दलको आज बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए ।

“भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जीसँग कुरा गर्न खोजेँ, तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन,” उनले भने, “वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन ।”

संसद यस्ता नचाहिने कुरामा सँधै बन्द नहुने उनले बताए । प्रधानमन्त्री ओलीले भने, “केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन ।” उनले भोलिदेखि सदन चल्ने भन्दै सांसदहरूलाई तयार भएर बस्न आग्रह गरेका छन् । सडकमा कुनै समूहले केही माग लिएर बसे भने कुदेर गएर समर्थन गर्ने र सदन अवरोध गर्ने कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न उनले सांसदहरूलाई आग्रह गरे । संसदीय गतिविधिलाई महत्त्व दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन पनि दिए । अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहँदा सरकारले चुनौतीको अवस्थाबाट बजेट ल्याएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको प्रस्ट्याए ।

“आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो,” उनले थपे, “भारत, चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ ।” दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता सकिएको बेलामा नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुरा गर्नेको चेतनाको स्तर देख्दा दया लागेर आउने उनले बताए ।

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गरे । उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्ति देखिएको बताए ।

“सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ,” उनले भने, “सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारी रूपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit