Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

असमानता प्रतिवेदन २०२६’ सार्वजनिक

असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
विज्ञापन
Advertisement

विराटनगर।गैरसरकारी सङ्घ महासङ्घ नेपाल कोशी प्रदेशको आयोजनामा मुलुकमा रहेका विभिन्न किसिमका असमानताका स्वरूपबारी जानकारी लिने र आवश्यक विश्लेषण गर्ने उद्देश्यले ‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज विराटनगरमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकार भएका निकायका प्रतिनिधिबीच बृहत छलफल भएको हो ।

गैरसरकारी सङ्घ महासङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा विशेष गरी महिला, युवा तथा विभिन्न समूहका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

छलफलका क्रममा विज्ञ परामर्शदाता डा रेवत ढकालले प्रतिवेदनको सहजीकरण गर्दै नेपालमा आर्थिक, सामाजिक र लैङ्गिक असमानताका वर्तमान चुनौतीका बारेमा प्रकाश पारेका थिए।

सहभागीले समाजका तल्लो तहसम्म रहेका असमानताका खाडल पुर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुनुपर्ने पहलका बारेमा आ-आफ्ना धारणा राखेका थिए।

गैरसरकारी सङ्घ महासङ्घले सार्वजनिक गरेको उक्त प्रतिवेदनले आगामी दिनमा नीति निर्माण र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit