Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा

दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा
विज्ञापन
Advertisement

मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँको कटहरी गाउँपालिका–२ स्थित हल्दिबारीमा २० बिघा जमिनमा रु दुई अर्ब लागतमा २०० श्ययाको सो अस्पताल सञ्चालनमा ल्याइएको हो । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्न अस्पताल सञ्चालनमा ल्याएको जानकारी जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलले बताउनुभयो । अस्पताल निर्माणका लागि रु एक अर्ब ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ ।

कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु(याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको सङ्घीय सांसदसमेत रहनुभएका मण्डलले बताए ।

अस्पतालले सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको जनाएको छ । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने तयारी गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit