Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्ने जवाफ फर्काएको छ । इरानले आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टाको समयसीमा दिँदै जलडमरूमध्य खुला नगरे देशका प्रमुख पावर प्लान्टहरूलाई लक्षित गरी ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । त्यसको प्रत्युत्तरमा इरानको सैन्य परिचालन कमान्डले अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि तथा डिसेलिनेसन पूर्वाधारहरू क्षेत्रभरि निशानामा पर्ने चेतावनी दिएको छ ।

यसैबीच, इरानले नतान्जस्थित आणविक स्थलमा भएको आक्रमणपछि दक्षिणी इजरायलका अराद र डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायली हवाई सुरक्षालाई पार गर्दै प्रहार गरिएका मिसाइलहरूले आवासीय संरचनामा क्षति पुर्‍याएका छन् भने १०० भन्दा बढी मानिस घाइते भएका छन् । डिमोनामा रहेको संवेदनशील आणविक क्षेत्रमा नजिकै प्रहार हुँदा थप चिन्ता बढेको छ, यद्यपि इजरायलले आफ्नो आणविक क्षमताबारे औपचारिक रूपमा स्वीकार गरेको छैन ।

इजरायलले यसको जवाफस्वरूप तेहरानमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ। तीन हप्तादेखि जारी द्वन्द्वमा यो आक्रमण सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ । अरादमा विस्फोटपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइतेहरूको खोजी गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको भयावह अनुभव सुनाएका छन् ।

यस तनावको केन्द्रमा रहेको होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो । यहाँबाट विश्वको झन्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने गर्दछ । हालको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ, जसले आर्थिक अस्थिरताको सङ्केत दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै इरानका तटीय भूमिगत संरचनामाथि बङ्कर–बस्टिङ बम प्रहार गरिएको छ, जसले इरानको समुद्री मार्ग नियन्त्रण क्षमतामा केही हदसम्म असर पारेको दाबी गरिएको छ । यसैबीच हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वतर्फ परिचालन भइरहेका छन् ।

इरानले खाडी क्षेत्रका देशहरूलाई पनि निशाना बनाउँदै आएको छ । साउदी अरेबियाले रियाद नजिक तीनवटा ब्यालेस्टिक मिसाइल फेला परेको र तीन ड्रोन खसालिएको जनाएको छ । संयुक्त अरब इमिरेट्सले पनि इरानी आक्रमणको प्रतिकार गरेको बताएको छ । त्यस्तै, इरानले डिएगो गार्सियास्थित अमेरिका–बेलायत सैन्य अड्डामाथि लामो दूरीको मिसाइल प्रहार गर्ने प्रयास गरेको दाबी गरिएको छ, यद्यपि त्यो असफल भएको जनाइएको छ ।विश्लेषकहरूका अनुसार इरानको सैन्य क्षमता अपेक्षा गरिएकोभन्दा बढी टिकाउ देखिएको छ । शीर्ष नेतृत्वमा क्षति पुगे पनि सरकार र सैन्य संरचनाले अमेरिका र इजरायलले प्रहार गरेका अति प्रभावशाली भनिएका मिसाइल प्रहारको सामना गरिरहेको छ।

यस तनावपूर्ण अवस्थाबीच इरानमा रमजानको अन्त्य र नौरोज पर्व मनाइएको छ। सर्वोच्च नेता परिवर्तनपछि सार्वजनिक रूपमा कम देखिएका छन् भने धार्मिक गतिविधिहरू अन्य नेतृत्वमार्फत सम्पन्न भइरहेका छन् । सर्वसाधारणले नयाँ वर्ष मनाइरहँदा युद्धको त्रासले वातावरण गम्भीर बनेको छ।एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit