Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

माधव नेपालविरुद्द भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

माधव नेपालविरुद्द भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन
विज्ञापन
Advertisement

काठमाडाैं । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोगले बिहीबार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालले हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिएको र कानुनविपरीत जग्गा बिक्री गरेको उजुरीका आधारमा अख्तियारले सोबारे अनुसन्धान अघि बढाएको थियो।

नेपाल २०६६ सालमा प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको विषयमा अख्तियारले दोषी ठहर गर्दै नेपालविरुद्ध आज मुद्दा दर्ता गरेको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर भएको हो।

अख्तियारले नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit