Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८जना विरुद्ध मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८जना विरुद्ध मुद्दा दायर
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल टेलिकमको बिलिङको अनियमिततामा प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ।  टेलिकम प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा ठूलो रकम अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का लम्ब्याउने क्रममा ३३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको दाबी गरेको छ । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक पहाडीसहित पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक सङ्गीता पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, तत्काली प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धक राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्टराइविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

यसैगरी, सामान उपलब्ध गराउने तीन चिनियाँ कम्पनी र त्यसका नेपालस्थित प्रतिनिधिविरुद्ध पनि ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

आपसी मिलेमतोमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पु¥याउने उद्देश्यका साथ एकीकृत बिलिङ प्रणालीका लागि पाँच वर्षको सम्झौता गरिएको आयोगको दाबी छ । आयोगले बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

अख्तियारले बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको उल्लेख गर्दै हानिनोक्सानी बराबरको रकम असुल गर्नसमेत मागदाबी गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit