images images images
images images images
images
images
images

गहिरिँदै व्यापार घाटा : १४ खर्ब ७४ अर्बको आयात गर्दा वस्तु निर्यात २ खर्बमा सिमित

images

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको कूल व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।

चालु आवमा वैशाख महिनासम्म देशमा १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अवधिमा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अवधिमा वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो ।

images
images

समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ ।

१० महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल, धान, खाने तेल, यातायातका उपकरण, सवारीसाधन, स्पेयर पार्टस्, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ । यस्तै, पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायत वस्तुको आयात भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो १० महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात बढेर १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्