Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बैंक तथा वित्तीय संस्थाद्वारा निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब नाध्यो

बैंक तथा वित्तीय संस्थाद्वारा निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । चालु आवको वैशाखसम्मको उक्त तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २ खर्ब २५ अर्ब २४ करोड रहेको थियो । गत आर्थिक वर्षमा निजी क्षेत्रको कर्जा वृद्धिदर ४.७ प्रतिशतले बढेको थियो।  वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आवको वैशाख मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा गैरवित्तीय संस्थागततर्फ ६३.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.३ प्रतिशत कायम थियो ।

चालु आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ । २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.६ प्रतिशत पुगेको छ । २०८१ वैशाख मसान्तमा यस्तो कर्जा १२.१ रहेको थियो । यस्तै, घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत कर्जा प्रवाहित भएको देखिन्छ ।

चालु आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा धेरै कर्जा निर्माण क्षेत्रलाई दिएका छन् । निर्माण क्षेत्रतर्फको बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा १२.३ प्रतिशत रहेको छ । यसैगरी, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.० प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ ।

वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कूल कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशत, ट्रष्ट रिसिट कर्जा ५८.१ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत, कर्जा ३.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आव २०८१/८२ को वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.१७ प्रतिशत कायम भएको छ । अघिल्लो आवको समीक्षाअवधिमा वाणिज्य बैंकको औसत आधार दर ८.३४ प्रतिशत थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit