images images images
images images images
images
images
images

सात अर्ब ८१ करोड राजस्व सङ्कलन

images

काठमाडौं । कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ रु एक अर्ब ८० करोड ३९ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

images
images

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मङ्सिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख रुपैयाँ जस्व सङ्कलन भएको छ ।

त्यसैगरी माघमा ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख, चैतमा ७८ करोड ८० लाख, वैशाखमा ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनुले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालको भनाइ छ ।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्र सङ्कलन भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्