Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

त्रिशुली बस दुर्घटना अपडेट : मृतक १९ मध्ये ब्रिटिस नागरिकसहित नौ जनाको पहिचान खुल्यो, मृतकको नामावलीसहित

त्रिशुली बस दुर्घटना अपडेट : मृतक १९ मध्ये ब्रिटिस नागरिकसहित नौ जनाको पहिचान खुल्यो, मृतकको नामावलीसहित
मलेखु (धादिङ), ११ फागुन : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै दुर्घटनामा परेको यात्रु बस । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस त्रिशुली नदी किनारमा खसेको हो । दूर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तस्बिर : शंकर श्रेष्ठ/रासस
विज्ञापन
Advertisement

काठमाडौं । आज बिहान धादिङ्गको बेनिघाट रोराङ्गस्थित त्रिशुलीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये नौं जना यात्रुको प्रहरीले सनाखत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार मृतकमध्ये १० जनाको अझै सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार मृत्यु हुनेमा २४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक इथान, पोखरा–३० का ४० वर्षीय बिकेक बास्तोला, बालिङ्ग –१४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, रहेका छन् ।

यसैगरी, धादिङ त्रिपुरासुन्दरी–४ का ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँको शुक्ला गण्डकी–७ मालेबगरका ५५ वर्षीया बिष्णुमाया ढकाल, काठमाडौं महानगर –६ का ४२ वर्षीय लोप्साङ्ग गोले, तनहुँकै भिमान नगरपालिकाका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र तानसेन २ का ५५ वर्षीय नविन्द्र श्रेष्ठको प्रहरीले सनाखत गरेको जनाएको छ ।

अन्य १० जनाको नाम र ठेगाना अहिलेसम्म खुलेको छैन । पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १ बजेपछि धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्युभएको थियो भने २२ जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit