Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन प्रतितोला नौ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य हालसम्मकै उच्च

सुन प्रतितोला नौ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य हालसम्मकै उच्च
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो कारोबार दिन (मंगलबार) को तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कारोबार रकम तोकिएको छ ।

अघिल्लो कारोबार दिन सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यो सँगै स्थानीय बजारमा आज चाँदीको कारोबार मूल्य हालसमम्मकै उच्च विन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit