Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजारमा अधिक तरलता कायमै, केन्द्रीय बैंकले आज ९० अर्ब रुपैयाँ खिच्दै

बजारमा अधिक तरलता कायमै, केन्द्रीय बैंकले आज ९० अर्ब रुपैयाँ खिच्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ९० अर्ब रूपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) अधिक भएपछि केन्द्रीय बैंकले एकैचोटी बुधबार ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको हो । बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्नका लागि घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न केन्द्रीय बैंकले सूचनामार्फत भनेको छ ।

आज बोलकबोल हुने सो रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते दिने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संथाले बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

यसैगरी, निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा पहिलो प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । लामो समयदेखि बजारमा थुप्रिएको पैसा व्यवस्थापनका लागि राष्ट्र बैंकले प्रत्येक आइतबार र बुधबार सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit