Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

टप टेन प्रतियोगीको छनोट सम्पन्न, भोलि नाचघरमा भव्य समारोहबीच फाइनल विजेता घोषणा गरिने

टप टेन प्रतियोगीको छनोट सम्पन्न, भोलि नाचघरमा भव्य समारोहबीच फाइनल विजेता घोषणा गरिने
विज्ञापन
Advertisement

काठमाडाैं । लाइफ कम्प्युटरले आयोजना गरेको राष्ट्रियस्तरको वेबसाइट निर्माण प्रतियोगिताको अन्तिम चरणको तयारी पूरा भएको छ। देशभरिका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यस प्रतियोगितामा करिब ९८१ वटा वेबसाइटहरू प्राप्त भएका थिए। तीमध्ये विभिन्न प्राविधिक मापदण्डको आधारमा उत्कृष्ट २० वेबसाइटहरू छानिएको थियो, र अन्ततः उत्कृष्ट १० प्रतियोगीको छनोट गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

असार ९ गते, जमलस्थित नाचघरमा हुने एक भव्य समारोहबीच फाइनल विजेताहरूको औपचारिक रूपमा घोषणा गरिनेछ। समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। कार्यक्रममा गायक आनन्द कार्की र ‘कमेडी च्याम्पियन’ सिजन १ का विजेता हिमेश पन्तले विशेष प्रस्तुति दिनेछन्।

प्रतियोगितामा काठमाडौं, ललितपुर, धादिङ, बुटवललगायत विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको छ। टप टेनमा परेका विद्यार्थीहरूमा पद्मोदय स्कुलका नवराज श्रेष्ठ, आइडियल मोडल स्कुलका प्रसुन भट्ट, प्रगति आदर्श स्कुलकी ज्यास्मिन बज्राचार्य, सेन्ट मेरिज स्कुल जाउलाखेलकी मुस्कान अधिकारी, आदर्श सौल युवक स्कुल ललितपुरका सुशील खड्का, श्री सुन्दरी सेकेन्डरी स्कुल धादिङका आदेश भण्डारी, टाइम्स सेकेन्डरी स्कुल लोलाङका अधिक सापकोटा, रिपुमर्देनी सैनिक महाविद्यालय बाँसबारीका सवीर महर्जन, तरुण माध्यमिक विद्यालय बालाजुका सजल लामिछाने र रुद्रपुर माध्यमिक विद्यालय बुटवल रुपन्देहीका शिशिर पौडेल छन्।

कार्यक्रममा प्रतियोगीहरूले आफ्नै वेबसाइट प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्, जसको मूल्याङ्कन कोडिङ, डिजाइन, सामग्रीको मौलिकता, रचनात्मकता आदि पक्षमा गरिनेछ। प्रतियोगिताको मूल्याङ्कन एकदमै निष्पक्ष र व्यवस्थित ढंगले गरिएको आयोजकको भनाइ छ। स्क्रिनिङको क्रममा वेबसाइटको मौलिकता, कोडिङ, डिजाइन, लोगो, कन्टेन्ट आदिमा स्कोरिङ गरिएको थियो। टप २० मा परेका प्रतियोगीलाई सुधारको अवसर दिएपछि अन्तिम मूल्याङ्कन गरेर टप १० तय गरिएको हो।

प्रतियोगिताका विजेतालाई ल्यापटपलगायत आकर्षक पुरस्कार प्रदान गरिनेछ भने अन्य सहभागीहरूलाई प्रमाणपत्र दिइनेछ। साथै, उनीहरूलाई आगामी कार्यक्रमहरूमा प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ।

हाल लाइफ कम्प्युटरले बागबजार, १६ खुट्टे र कुमारीपाटी शाखाबाट तालिम र प्रतियोगिता सञ्चालन गरिरहेको छ। आयोजकले विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको रुचि बढाउने र उनीहरूको क्षमता उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit