Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

महासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न दिगो भविष्यका लागि इएसजी अपरिहार्य : अध्यक्ष ढकाल

महासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न दिगो भविष्यका लागि इएसजी अपरिहार्य : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यास दिगो भविष्यका लागि अनिवार्य भएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्तीय संस्था (IFC) को सहकार्यमा आयोजित “ईएसजी कार्यशाला” मा बोल्दै अध्यक्ष ढकालले ईएसजी अब केवल ट्रेन्ड नभई व्यवसायको दीगो र उत्तरदायी अभ्यासतर्फको अनिवार्य बाटो भएको बताए।

‘नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि ईएसजीले नयाँ अवसरको ढोका खोल्नेछ,’ उनले भने, ‘ईएसजी मापदण्डप्रति सचेतना बढ्दै गएको वर्तमान परिवेशमा जोखिम व्यवस्थापनका लागि पनि यसको भूमिका अत्यन्त महत्वपूर्ण छ।’

अध्यक्ष ढकालले नेपालमा सुरु भएको ईएसजी परियोजनाले व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। महासंघले हालसम्म वातावरणीय स्थायित्व, सामाजिक उत्तरदायित्व र सुशासनका क्षेत्रमा छुट्टाछुट्टै ढंगले काम गर्दै आए पनि अब ईएसजी ढाँचा मार्फत ती पहलहरूलाई एकीकृत गर्दै अघि बढ्ने योजना बनाएको जानकारी दिए।

उनले नेपाल राष्ट्र बैंकले लागू गरेको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई महासंघले सकारात्मक रूपमा लिएको बताए। साथै, सरकारले ३० भन्दा बढी कानुनमा गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।

कार्यशालामा सहभागीहरूलाई सर्वेक्षणमार्फत ईएसजीसम्बन्धी आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो।

कार्यक्रममा सरोकारवाला, निजी क्षेत्रका प्रतिनिधि, नीति निर्माता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले वातावरण, समाज र सुशासनका सवालमा एकीकृत प्रयासको खाँचो औंल्याउँदै यस्ता कार्यशालाले निजी क्षेत्रलाई दीगो अभ्यासतर्फ उन्मुख गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit