Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

कानुन मात्र बनाएर पुग्दैन, कार्यान्वयन र सामाजिक चेतनाको संयोजन आवश्यक : मीरा ढुङ्गाना

कानुन मात्र बनाएर पुग्दैन, कार्यान्वयन र सामाजिक चेतनाको संयोजन आवश्यक : मीरा ढुङ्गाना
विज्ञापन
Advertisement

काठमाडौं ।वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै  नहुने  बताएकि छन् । गत शनिबार काठमाडौंमा NALC Feminist Spark द्वारा आयोजित ‘Feminist Voice in Law: A Conversation with Meera Dhungana’ शीर्षकको विशेष कार्यक्रममा अधिवक्ता ढुङ्गानाले यस्ताे बताएकि हुन् ।  उनले  कानुनकाे प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नहुने उनकाे भनाइ छ । कार्यत्रममा उनले महिलामाथि भइरहेका आधुनिक प्रकारका हिंसा, सामाजिक संरचना र न्यायिक प्रणालीभित्रको लैङ्गिक असमानताका विषयमा विस्तृत विचार राखिन्।

विज्ञापन
Advertisement
Advertisement

उनले भनिन्, “आजको दिनमा हिंसा केवल शारीरिक वा देखिने रूपमा मात्र हुँदैन। मानसिक, आर्थिक, साइबर वा सामाजिक बहिष्करणका रूपमा पनि महिलामाथि हिंसा भइरहेको छ, जुन प्रायः कानुनी रूपमा सम्बोधन हुन सकिरहेको छैन।”

कार्यक्रममा उनले सामाजिक खाल्डो र न्याय प्रणालीबीचको दूरीको पनि चर्चा गर्दै समाज परिवर्तनका लागि व्यक्तिगत तथा सामूहिक प्रयासको खाँचो औंल्याइन्। “एक–एक जनाको आवाज मिलाएर बोल्दा मात्रै समावेशी र समानतामूलक समाजको निर्माण सम्भव हुन्छ,” उनले जोड दिइन्।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुन विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूका अनुसार यस्ता संवादले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा नयाँ दृष्टिकोण स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit