Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली

सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सांसद पराजुलीले सरकार सञ्चालन गरिरहेका दलका नेताहरू नै मानव तस्करी जस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गर्दै, यो कार्यले नेपाली जनताको सम्मान र स्वाभिमानमा ठेस पुगेको बताएका हुन् ।

‘नक्कली भूटानी शरणार्थी बनाएर आफ्नै देशका जनतालाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य बनाइएको छ,’ पराजुलीले भने, ‘र ती अपराधमा संग्लग्न दलाल र तस्करलाई संरक्षण गर्ने काम दलका शीर्ष नेताहरूको संलग्नतामा भइरहेको छ भन्ने तथ्यहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।

’ उनले यो स्थिति केवल आपराधिक मात्र नभइ, राष्ट्र र जनताको इज्जत तथा आत्मसम्मानमाथिको गम्भीर प्रहार भएको बताए । ‘आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको विन्दु भनेर चिनिन थालिएको छ,’ पराजुलीले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षमायोग्य छैन ।’सांसद पराजुलीले मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको पनि बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit