Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संविधान संशोधनका लागि एमालेले बढायो सक्रियता, कार्यदलको पहिलो बैठकमै बन्यो उपसमिति

संविधान संशोधनका लागि एमालेले बढायो सक्रियता, कार्यदलको पहिलो बैठकमै बन्यो उपसमिति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो। आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलका संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने र विस्तृत कार्यतालिका बनाउने लगायतका चारवटा निर्णयहरू गरेको छ।

बैठकले अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ। संविधान कार्यान्वयनको हालसम्मको अनुभव, यसका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूको पुनरावलोकन गर्न तथा सुझाव सङ्कलनका लागि विस्तृत कार्यतालिका निर्माण गर्न उपसमिति गठन गरिएको हो । उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव सङ्कलन लगायतको कार्ययोजना र कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको सचिव महेशकुमार बर्तौलाले जानकारी दिए ।

यसैगरी, बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ तथा थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव सङ्कलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने, संविधान संशोधनका सन्दर्भमा अन्य राजनीतिक दलहरू र उनीहरूले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रियाका लागि पहल गर्ने निर्णय गरेको छ। साथै, कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलाले पाएका छन् ।

उपाध्यक्ष पौडेल संयोजक रहेको यस मुख्य कार्यदलमा रघु जी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन्।

सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा एक कार्यदल बनाएको छ। उक्त कार्यदलले सरोकारवालासँग सघन छलफल गरिरहेको छभने शुक्रबार मात्र सरकारले कार्यदलको म्याद एक महिना (असार मसान्तसम्म) थप्ने निर्णय गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit