Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल चलचित्र विकास बोर्डद्वारा सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान

नेपाल चलचित्र विकास बोर्डद्वारा सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गर्दै सर्वाधिक व्यापार गर्ने २५ नेपाली चलचित्रलाई सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ थिए। मन्त्री गुरुङसहित मन्त्रालयका सचिव राधिका अर्याल, बोर्ड अध्यक्ष दिनेश डिसी तथा प्रथम अभिनेत्री भुवन चन्दले चलचित्रका निर्माता, निर्देशक तथा कलाकारलाई सम्मान पत्र प्रदान गरेका थिए।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्र **‘पूर्णबहादुरको सारङ्गी’**लाई विशेष सम्मान प्रदान गरियो। फिल्मका कलाकार विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले सम्मान ग्रहण गरे। उक्त चलचित्रले १७ लाखभन्दा बढी टिकट बिक्री गरी झण्डै रु ४६ करोड ८७ लाख कमाएको थियो।

त्यसपछि व्यापारका आधारमा दोस्रो स्थानमा रहेको ‘कवड्डी–४’ ले रु २१ करोड ४० लाखको व्यापार गरेको छ। चलचित्रका कलाकार दयाहाङ राई, विजय बराल र बुद्धी तामाङले सम्मान ग्रहण गरे।

तेस्रोदेखि दशौँ स्थानसम्म व्यापार गर्ने अन्य चलचित्र यस प्रकार छन्:

  • ‘१२ गाउँ’ – रु १९ करोड ९२ लाख

  • ‘छक्का पञ्जा ४’ – रु १७ करोड ५३ लाख

  • ‘जारी’ – रु १७ करोड ४८ लाख

  • ‘छक्का पञ्जा १’ – रु १६ करोड १० लाख

  • ‘महाजात्रा’ – रु १५ करोड ६७ लाख

  • ‘छक्का पञ्जा ५’ – रु १५ करोड २० लाख

  • ‘कोहिनुर’ – रु १४ करोड ७५ लाख

  • ‘छक्का पञ्जा २’ – रु १४ करोड ५१ लाख

अन्य सम्मानित चलचित्रहरूमा ‘शत्रु गते’, ‘ऊनको स्वीटर’, ‘कवड्डी–२’, ‘बोक्सीको घर’, ‘छ माया छपक्कै’, ‘दिमाग खराब’, ‘अञ्जली’, ‘परदेशी २’, ‘छक्का पञ्जा ३’, ‘प्रेमगीत–३’, ‘कवड्डी कवड्डी कवड्डी’, ‘पुजार सार्की’, ‘महापुरुष’, ‘कवड्डी’, र ‘पशुपति प्रसाद २ः भष्मे डन’ रहेका छन्।

बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रममा बोल्दै नेपाली फिल्म उद्योगले पछिल्ला वर्षहरूमा व्यावसायिक दृष्टिले उल्लेखनीय सफलता हासिल गरेको बताए। सञ्चारमन्त्री गुरुङले नेपाली चलचित्र क्षेत्रको समृद्धिका लागि सरकार निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गरे।

यो सम्मानले नेपाली फिल्मकर्मीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit