Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विश्व पर्यटन बजारमा नेपाललाई बलियो ब्रान्ड बनाउन पञ्चवर्षीय योजना

विश्व पर्यटन बजारमा नेपाललाई बलियो ब्रान्ड बनाउन पञ्चवर्षीय योजना
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’सम्बन्धी छलफल छ । छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

दिगो पर्यटन परियोजना (एसटिपी)का राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले पर्यटन प्रवर्द्धनका लागि स्पष्ट रणनीति र समन्वित प्रचारप्रसार आवश्यक रहेको बताए । त्यसअवसरमा विश्वव्यापी परामर्शदाता संस्था ‘बीड’ले तयार पारेको रणनीति र पाँच वर्षीय कार्ययोजना प्रस्तुत गरियो । बीडका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपाल पर्यटनलाई सङ्ख्यामा आधारित ढाँचाबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिए ।

रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् । योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गरिएको जनाइएको छ । उक्त रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छ वटा आधारस्तम्भको विश्लेषण गरेको छ । नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्मिक, आरोग्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तरराष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले नेपालका सीमावर्ती शहरमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताए । उनले काठमाडौं बाहिरका सहरलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्टहरु आयोजना गर्दै आएको जानकारी दिए । युएनडिपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पुँजीमा रुपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गरे ।

‘नेपालको पर्यटनका विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्वपूर्ण छ । तर, अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो’, उनले भने। छलफलमा सहभागीले नेपालको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ सुदृढ गर्न, डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन, नयाँ गन्तव्यको प्रवद्र्धन गर्न तथा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) होटल व्यवसायी सङ्घ, इसिमोड, नारालगायत विभिन्न पर्यटन क्षेत्रका संस्थाको सहभागिता थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit