Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प
विज्ञापन
Advertisement

सिराहा । प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार भएको मृत्यु घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति सुरक्षाको माग गर्दै बहिरङ्ग सेवा (ओपीडी) बन्द गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उपचारका क्रममा बालकको निधन भएपछि पीडित परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिलगायतले अस्पताल परिसरमै हुलहुज्जत, अभद्र व्यवहार तथा गालीगलौज गरेकाले सेवा दिन नसकिएको चिकित्सकले जनाएका छन् ।

आज चिकित्सकहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल जस्तो संवेदनशील स्थानमा दुव्र्यवहार र आक्रमण सहन योग्य छैन । हामी शान्ति सुरक्षा सुनिश्चित गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’

मृतक परिवारका सदस्य, आफन्तजन र स्थानीय जनप्रतिनिधिले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आइतबार अस्पताल अगाडि नाराबाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार नै सिरहा नगरपालिका—६ का वडाध्यक्ष इन्द्रजित यादवसहितलाई प्रहरी पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग गर्दै पीडित परिवारले बालकको शव बुझेको छैन ।
ओपिडी सेवा ठप्प भएपछि जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । चिकित्सक बस्ने कार्यकक्ष पनि बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit