Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो :पूर्वअर्थमन्त्री आचार्य

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो :पूर्वअर्थमन्त्री आचार्य
विज्ञापन
Advertisement

b नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक सहयोगबिना देशको तीव्र विकास सम्भव नहुने दाबी गरेका छन् । उनले भने, ‘आन्तरिक स्रोतले मात्रै तीव्र विकासका लागि आवश्यकपर्ने रकम नपुग्ने भएकाले वैदेशिक सहयोग तथा अनुदान लिएर विकास गर्नुपर्ने आवश्यकता छ ।’

विज्ञापन
Advertisement
Advertisement

‘लोकतन्त्रका लागि एकबद्धता नेपाल’द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेता आचार्यले विगतमा वैदेशिक सहयोग तथा अनुदानको विरोधकै कारण देश पछाडि परेको दाबी गरे ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा उनले कोइरालाको नेतृत्वमा नेपालको अर्थतन्त्रले नयाँ दिशा पाएको उल्लेख गरे । उनले भने, ‘गिरिजाबाबुको पालामा हामीले निजी क्षेत्रलाई थप जिम्मेवारी दियौँ र सरकारले अत्यावश्यक सेवा तथा नियमनको भूमिकामा केन्द्रित भयो । अहिले सबै दलहरूले यही नीति अनुशरण गरिरहेका छन् ।’

पूर्वप्रधानमन्त्री कोइरालाको सङ्गठन निर्माणमा रहेको लगाव र जनतासँगको अटुट सम्बन्ध अझै पनि अनुकरणीय भएको स्मरण गर्दै आचार्यले भने, ‘नेतामा सङ्गठनात्मकउनले कांग्रेस केबल चुनाव जित्ने होइन, मुलुकको आर्थिक रूपान्तरण गर्ने पार्टी हो भन्ने धारणा प्रस्तुत गर्दै निजी क्षेत्रको लगानीलाई फराकिलो बनाउने र अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने कोइरालाको नेतृत्वको सम्झना गर्नुपर्नेमा जोड दिए ।

पार्टी सरकारमा रहेकाबेला जनताको मन जित्ने गरी राम्रो काम गर्नुपर्नेमा उनले जोड दिँदै पार्टीकै एउटा समूह भने विरोधमै केन्द्रित रहेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले कांग्रेसभित्रको वैचारिक विचलनप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेस ज्ञानभन्दा धनमा केन्द्रित हुँदै गएको छ ।’ उनले भने धनमा केन्द्रित हुँदा पार्टीभित्र विचार, ज्ञान र सिद्धान्त ओझेलमा परिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसभित्र वैचारिक बहस कम भएकाले आफूहरूले वैचारिक अभियान सुरु गरेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit