Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाडा अटो शो २०२५ भाद्र ३ गते प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने

नाडा अटो शो २०२५ भाद्र ३ गते प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने
विज्ञापन
Advertisement

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) अटो शो २०२५ भाद्र ३ गते प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्घाटनमा सहभागि भइदिन अनुरोध गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष चौधरीले प्रधानमन्त्री ओलीलाई नाडा स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा विशेष रुपमा यो अटो शो आयोजना गर्न लागेको जानकारी गराउँदै, यस संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, साथै पहिलोपटक नेपालमा प्रदर्शित हुने अत्याधुनिक रोबोट तथा भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको आकर्षण बन्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले नाडा प्रतिनिधिमण्डलको अनुरोध सहर्ष स्वीकृत गर्दै अटोमोबाइल व्यवसायी र उद्योगसँग सम्बन्धित यस महत्त्वपूर्ण आयोजनामा उपस्थित रहने प्रतिवद्धता व्यक्त गरे। यस निर्णयले अटोमोबाइल क्षेत्रका व्यवसायी र सरोकारवालाहरूमा थप हौसला र प्रेरणा जगाएको नाडाले जनाएको छ।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको समेत उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit