Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कमला नदीको पुल १४ वर्षमा पनि बनेन्, जोखिम मोलेर काठको पुल ‘क्रस’ गर्दा नागरिकमाथि नगरपालिकाको मनपरी शुल्क

कमला नदीको पुल १४ वर्षमा पनि बनेन्, जोखिम मोलेर काठको पुल ‘क्रस’ गर्दा नागरिकमाथि नगरपालिकाको मनपरी शुल्क
विज्ञापन
Advertisement

सिरहा। सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अलपत्र बनेको छ । विसं २०६८ सालमा तीन वर्षमै सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको चार सय ६९ मिटर लामो उक्त पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।

विज्ञापन
Advertisement
Advertisement

पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल समेत बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि नदी पार गर्नेलाई जोखिम उच्चछ ।

सिरहा – ६ का प्रवीण यादवले जोखिमपूर्ण पुल क्रस गर्न बाध्य जनतासँग उल्टो स्थानीय सरकारले शुल्क लिँदा आफूहरु अन्यायमा परेको बताए । वर्षौंदेखि सास्ती खेप्दै आएको जनतासँग नगरपालिकाले पुल क्रस गरेबापत ५० रुपैयाँ शुल्क लिने गरेको छ । “पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ। मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर, हामीसँग विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ,” यादवले गुनासो गरे ।

नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि ५० रुपैयाँ सम्म नागरिकले शुल्क तिर्दै आएको उनको भनाइ छ । उनले भने,“पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए पनि व्यवहारमा शुल्क झनै ३० रुपैयाँ बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।” पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो। तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ। सिरहा—६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भ¥याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit