ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका–६, कृष्ण मन्दिर नजिक, स्टार फूड बैंकेटको विपरीत भागमा अहिले अनौठो चहलपहल छ। कारण हो – डियर हिल सुज प्रा. लि.ले आयोजना गरेको भव्य जुत्ता–चप्पल मेला।
साउन १५ गतेबाट सुरु भएको यो मेला एक महिनासम्म निरन्तर चल्नेछ। हिन्दु नारीहरुको महान् पर्व तीज र बुबाको मुख हेर्ने औंसीलाई लक्षितगरी मेलामा विभिन्न नारीहरुलाई सुहाउँने जुत्ताचप्पल र बुबालाई उपहार दिन भारी छुटमा पाउन सकिने डियर हिल सुज प्रा.लीले जनाएको छ । दशैं जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै गरिएको यो मेलाले उपभोक्तालाई रोजाइअनुसारका फुटवयर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा पाउने अवसर दिएको छ।
डियर हिल सुजले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न स्थानमा यस्ता मेलाको आयोजना गरिरहेको छ। यसपटक इमाडोलमा सुरु भएको मेलामा नयाँ ब्रान्ड र डिजाइनका उत्पादनहरू समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
अब चाडपर्वमा मुखमै आइसक्यो, उपभोक्ताको रुचि र चाहाना अनुसार हामीले दशैं तिहारसम्मै निरन्तरता दिने विचारमा पुगेको बेस फुटवयर कम्पनीका निर्देशक सौजन उपाध्यायले बताए । उनले भने ‘यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। अहिलेको गर्मी र वर्षा मौसमअनुसारका डिजाइन प्रस्तुत गरेर ग्राहकलाई नयाँ अनुभव दिन खोजेका छौं।
मेलामा स्पोर्ट शू, रनिङ शू, स्कुले जुत्ता, कलेज–अफिस प्रयोगका लेदर सुजदेखि कजुअल चप्पलसम्मका विकल्पहरू उपलब्ध छन्। नयाँ डिजाइनका उत्पादन पनि विशेष छुटसहित बिक्रीमा राखिएको छ।
उपभोक्ताले चाहेको बजेट र शैलीअनुसार जुत्ता–चप्पल रोज्न पाउने यो मेला, विशेषगरी चाडपर्व नजिकिँदै गर्दा, परिवारका लागि उपयुक्त गन्तव्य बन्ने संकेत देखिएको छ।
अब चाडपर्वमा मुखमै आइसक्यो, उपभोक्ताको रुचि र चाहाना अनुसार हामीले दशैं तिहारसम्मै निरन्तरता दिने विचारमा पुगेको बेस फुटवयर कम्पनीका निर्देशक सौजन उपाध्यायले बताए । उनले भने ‘यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। अहिलेको गर्मी र वर्षा मौसमअनुसारका डिजाइन प्रस्तुत गरेर ग्राहकलाई नयाँ अनुभव दिन खोजेका छौं।’




















प्रतिक्रिया दिनुहोस्