काठमाडौं । नेशनला लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्ग र शुभेच्छुकप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आभार व्यक्त गरे । उक्त अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सँगै बाल बालिकाहरुलाई खाना खवाएको छ ।
कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको कम्पनीले जनाएको छ ।
खत्रीका अनुसार कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारीरिक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता खेल प्रतियोगिता आयोजना गरिएको थियो ।
बार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रतियोति कर्मचारीलाई मायाको चिनो तथा
खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।







कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्