Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेपालगञ्जको बजेट १ अर्ब ७६ करोड, प्राथमिकतामा कृषि र धार्मिक पर्यटन

नेपालगञ्जको बजेट १ अर्ब ७६ करोड, प्राथमिकतामा कृषि र धार्मिक पर्यटन
विज्ञापन
Advertisement

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले १९औँ नगरसभामामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेक हुन् । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ ।

नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटी धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गरे । उनले नीति, कार्यक्रममा उपमहानगरपालिकामा रहेका कान्ति ताल, वाटरपार्क, रानी तलाउको संरक्षणलाई जोड दिँदै फुटाहा तालको स्तरोन्नति र धोबी घाटको संरक्षण कार्यलाई अघि बढाइने बताए।

प्रमुख विष्टले सिँचाइ, उन्नत बीउ र मलको सहज उपलब्धता सुनिश्चित गरी कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापनामा जोड दिँदै पुष्पखेती, सामूहिक खेती र लिज खेतीजस्ता व्यावसायिक खेती प्रणालीलाई प्रोत्सहन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेसाका रूपमा विकास गरिने बताए ।

उपमाहानगरभित्र बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी बसोबास गरिरहेका क्षेत्रको नक्साङ्कन कार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकको समयानुकूल परिमार्जन र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणमा जोड दिइएको उनले जानकारी दिए।

यसबाहेक उद्योग, व्यापार तथा व्यवसाय, श्रम रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला बालवबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा ऊर्जा, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजस्व तथा स्रोत परिचालनलगायतका विषयमा नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख विष्टले आर्थिक वर्षका लागि कूल एक अर्ब ७६ करोड ६४ लाख ८३ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit