Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बर्ड फ्लु ११ जिल्लामा फैलियो, साढे पाँच लाख कुखुरा र ९ लाख ८९ हजार अण्डा नष्ट

बर्ड फ्लु ११ जिल्लामा फैलियो, साढे पाँच लाख कुखुरा र ९ लाख ८९ हजार अण्डा नष्ट
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा बर्ड फ्लु (एच ५एन१) संक्रमण तीव्र रूपमा फैलिँदै ११ जिल्लामा पुगेको छ। तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हाल झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा पुष्टि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पशु सेवा विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रहरूमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।

विभागले कोशी प्रदेशमा भने एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरेको छ। संक्रमित क्षेत्रमा कुखुरा, अण्डा तथा दानाको ओसारपसारमा कडाइ गरिएको र जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षा मापदण्ड लागू गरिएको जनाएको छ।

हाल प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरूमा बर्ड फ्लुका एच५एन१ र एच९एन२ भाइरसका साथै न्यूक्यासल रोगको संक्रमणसमेत फेला परेको विभागले जानकारी दिएको छ। यसले कुखुरा पालन व्यवसायमा थप चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्।

पशु सेवा विभागले किसानलाई संक्रमित तथा शंकास्पद कुखुराको व्यवस्थापनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मृत कुखुरा खुला स्थानमा नफाल्न, फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा। रमेश दाहाल ले संक्रमण नियन्त्रणका लागि सबै सरोकारवाला निकाय, व्यवसायी र किसानलाई सक्रिय सहयोग गर्न अपिल गरेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit