Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस

शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । साथै उनले यस घटनाले आफू र आफ्नो परिवारलाई निरास वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन् ।

गोल्छाले भने, “आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं ।”

उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको बल प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit