Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त निजी संरचनाको निरीक्षण,लगानी सुरक्षित राख्ने वातावरण निर्माणमा जोड

महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त निजी संरचनाको निरीक्षण,लगानी सुरक्षित राख्ने वातावरण निर्माणमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचना अवलोकन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

निरीक्षणका क्रममा अध्यक्ष ढकालले लगानी सुरक्षित राख्न सक्ने वातावरण निर्माण आजको प्राथमिकता भएको उल्लेख गर्दै लगानीकर्तामा विश्वास कायम गर्नु राज्यको जिम्मेवारी भएको बताए। उनले आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको बताउँदै यस्तो घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिए।

“देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ। पछिल्लो घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ। व्यवसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ,” अध्यक्ष ढकालले भने।

महासंघले घटनाका दोषीमाथि कारबाही र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ।

निरीक्षण टोलीमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य लगायतका पदाधिकारी सहभागी थिए। उनीहरूले व्यवसायी उपेन्द्र महतो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ तथा होटल हिल्टनका सञ्चालकसँग भेटी घटनाबारे जानकारी लिएका थिए।

महासंघले व्यवसायीको सुरक्षा र सकारात्मक व्यवसायिक वातावरण निर्माणमा सधैं निजी क्षेत्रसँगै रहने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit