काठमाडौं । गदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएपछि सञ्चालकले आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्ने जनाएका छन् ।
२४ गतेको जेनजी प्रर्दशनमा तोडफोड सहित प्रर्दशनकारीहरुले आगो लगाएपछि गत वर्षबाट मात्रै सञ्चालनमा आएको ८ अर्ब बढी लगानीको हिल्टन होटल खरानीमा परिणत भएको थियो ।
सोमबार इन्फिनीटि होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबाट ठूलो क्षति भएकाले खाफूहरु विछिप्त बनेको बताएका छन् । प्रर्दशनकारीले व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट गरेको उल्लेख गर्दै भनेका छन्, ‘यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ ।’
उक्त क्रममा होटलको भौतिक क्षति मात्र नभइ नेपालको आर्थिक, व्यापारिक र पर्यटन क्षेत्रमा गम्भीर असर परेको उनिहरुको भनाइ छ। ‘यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।
प्रत्यक्ष रूपमा उनिहरु लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको उल्लेख गर्दै उनिहरुले होटल खरानीमा परिणत हुनुमा भ्रामक समाचार मुख्य रहेको ठहर गरेका छन् । ‘यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर उक्त बर्बरतापूर्ण हानीबाट आफूहरु विछिप्ति बनेपनि होस नगुमाएको उल्लेख गर्दै सञ्चालकले फेरी नयाँ शिराबाट व्यवसाय शुरु गर्ने बताएका छन् । ‘हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट सुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।’
साथै, सञ्चालकले सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत समाचारको पछाडि नलाग्न समेत सबैमा अपिल गरेका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्