Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

‘सुदन गुरुङको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन’

‘सुदन गुरुङको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन’
विज्ञापन
Advertisement

काठमाडौं । इन्फिनीटि होल्डिङ्स र शंकर ग्रुपले जेनजी समूहको अगुवाई गरेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङसँग जोडेर प्रकाशन÷प्रसारण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ इन्फिनीटि होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोभिड महामारीको समयमा आफूहरुले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको उल्लेख गर्दै उनिहरुले त्यसपछि सुदन गुरुङसँग कुनै सम्बन्ध र सम्पर्क नभएके जनाएको छ । ‘कोभिडका क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।’

तत्कालिन समयमा उक्त सहयोग पारदर्शी रुपमा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरेका थियौं उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ– ‘त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तव्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।’

उनिहरुले संस्थासँग जोडेर विना आधार समाचार सम्प्रषण भएको प्रति दुःख व्यक्त गर्दै भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । ‘पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खबरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन/प्रसारण गरेको देखिएको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit