काठमाडौं । सिंहदरबार र वरिपरिका सरकारी निकायमा जलेर नचल्ने अवस्थामा रहेका सवारीसाधनको संख्या १,०४२ पुगेको छ। सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गौरव गङ्गा प्रयोगशाला समूहले गरेको स्थलअनुगमनका आधारमा यो तथ्य सार्वजनिक गरिएको हो।
प्राप्त विवरण अनुसार जलेका सवारीसाधनमध्ये ४४४ वटा साना गाडी तथा बस छन् भने ६०९ वटा मोटरसाइकल तथा स्कुटर रहेका छन्।
सबैभन्दा बढी सवारी साधन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा क्षति भएको छ, जहाँ ३३ वटा साना गाडी, २ वटा बस र ९५ वटा मोटरसाइकल जलेका छन्।
त्यस्तै, सङ्घीय संसद्मा १८ वटा गाडी तथा ३६ वटा मोटरसाइकल, सहरी विकास तथा भवन निर्माण विभागमा ५० गाडी र करिब २०० मोटरसाइकल क्षतिग्रस्त भएको विवरणमा उल्लेख छ।
कुन क्षेत्रका कति गाडी जलेः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ४७ गाडी, ७४ मोटरसाइकल
अर्थ मन्त्रालय : ३६ गाडी, ५४ मोटरसाइकल
गृह मन्त्रालय :२५ गाडी, ३० मोटरसाइकल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २६ गाडी, ५७ मोटरसाइकल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २२ गाडी, ४४ मोटरसाइकल
सर्वोच्च अदालत ५१ गाडी (मोटरसाइकल संख्या नखुलेको)
















प्रतिक्रिया दिनुहोस्