Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

गणेश नेपाली आत्मदाह प्रकरणः डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

गणेश नेपाली आत्मदाह प्रकरणः डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष र विस्तृत अनुसन्धानका लागि समिति गठन गरिएको बताएका हुन्। गृहमन्त्री गुरुङका अनुसार समितिले घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। उनले घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए।

उनका अनुसार सोधपुछका लागि काठमाडौं महानगर प्रहरीका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । ‘घटना छानबिनका लागि हामीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएका छौं। सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएर राखेका छौं,’ गृहमन्त्रीले भने,‘ यसमा हामी निष्पक्ष रूपमा छानबिन गर्छौं।’

मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा बिहीबारआत्मदाहको प्रयास गरेका थिए। सो घटनालाई लिएर सदनमा व्यापक विरोध भएपछि गृहमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए। नेपालीको उपचारका क्रममा आज निधन भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit