Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो
विज्ञापन
Advertisement

काठमाडौं । चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी सुरु भएको हो । “बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात–निर्यात हुन सकेको छैन । चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ । त्यहाँबाट नियमित जाँचपास सुरु भइसकेको छ”, बर्तौलाले भने ।

कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैङ्कले आज बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यो नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै राष्ट्र बैङ्कले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सार नाकाबाटसमेत आयात गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

यसअघि बैङ्क तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit