काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ र २५ गते देशको सबैभन्दा ठूलो सामान स्टोर भाटभटेनीको १६ बढी स्टोरमा व्यापक क्षति पुगेको छ । यस्तै १२ वटा स्टोरमा आगजनी ,लुटपाट र तोडफोडबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।
आन्दोलनका क्रममा भाटभटेनीका कोही पनि कर्मचारीलाई कुनै असर नपरेको कम्पनीले जनाएको छ । यद्यपी बौद्धको भाटभटेनीमा ६ जना, धरानमा ४ जना, कोटेश्वर, विराटनगरमा रहेका भाटभटेनीका स्टोरहरुमा समेत जलेको अवस्थामा शव फेला परेको थियो । देशभरका विभिन्न स्टोरहरुमा कार्यरत कर्मचारी सुरक्षित रहेको कम्पनीले जानकारी दिएको हो । आन्दोलनबाट ठूलो क्षति पुगेको भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीहरु उत्पन्न परिस्थितिपछि रोजगारी गुम्ने चिन्तामा थिए ।
तर, भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जलेर नष्ट भएका स्टोरमा धेरै कर्मचारी कार्यरत रहेको उल्लेख गदै उनिहरुको रोजगारी सुनिश्चित गरिने बताएका छन् । उनका अनुसार कसैले पनि जागिर गुमाउनुपर्ने छैन ।
उनले कार्यरत कर्मचारीहरुको पूरा तलब उपलब्ध गराउनुका साथै दशैंको बोनस पनि बाँड्ने जानकारी दिएका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्