images images images
images images images
images
images
images

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

images

काठमाडौं । गरिमा विकास बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतले हुने ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत चुक्ता पुँजीको ४.५३ प्रतिशत बराबरको २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने बैठकले प्रस्ताव गरेको जनाएको छ ।

images
images

उक्त प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्