Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरण जल्दा करिब एक करोडको क्षति

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरण जल्दा करिब एक करोडको क्षति
विज्ञापन
Advertisement

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

“कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “कार्यालयका कम्प्युटर, प्रिन्र्टसलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।” कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ । यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit