काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ३२५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्