काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्।
खेलको ६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औँ मिनेटमा शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए। डी–बक्स बाहिर जोर्डनका अमिर जामोसले मेस्सीमाथि फउल गरेपछि प्राप्त अवसरलाई उनले सिधै जाली चुमाएका थिए।
जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल हो। यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए।
यस गोलसँगै मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्।














प्रतिक्रिया दिनुहोस्