Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘तुईन पुल नजिकै गएको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा छ, आजै सडक सञ्चालनमा आउँछ’

‘तुईन पुल नजिकै गएको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा छ, आजै सडक सञ्चालनमा आउँछ’
विज्ञापन
Advertisement

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै गएको पहिरो पन्छाउन थप समस्या नभए आजै सडक खुलाइने सडक डिभिजन भरतपुरले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पहिरोका कारण सवारी आवागमा ठप्प छ । सडकको माथिबाट निरन्तर ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भैरहेको सडक डिभिजनको भनाइ छ ।

‘आज बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिनहरू परिचालन गरि पहिरो पन्छाउने कार्य निरन्तर जारि राखेका छौं । थप पहिरो नझरे आज दिउँसोसम्म सवारी आवागमन संचालनमा ल्याउन कटिबद्ध छौं,’ सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

यस्तै, सडक संचालनमा नआउन्जेलसम्मको लागि सडकमा अलपत्र परेका यात्रुलाई धैर्य गर्न डिभिजनले आग्रह गरेको छ । डिभिजनले पहिरो पन्छाउने क्रम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै थप पहिरो नझरे आजै दिउँसोबाट सडक सञ्चालनमा आउने जनाएको छ ।

‘लगभग हामी पहिरो हटाउने अन्तिम चरणमा पुगेका छौं । पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउदै जाँदा वारपार देख्न सकिन्छ । दुवैतर्फबाट २र२ वटा उपकरण मार्फत पहिरो फाल्दै आईरहेको छौं । आज दिउँसोसम्म सडक आवागमन संचालनमा ल्याउनको लागि निरन्तर प्रयासरत छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit