Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मुस्ताङको कागबेनी पुग्ने धार्मिक पर्यटक ८० प्रतिशतले घटे

मुस्ताङको कागबेनी पुग्ने धार्मिक पर्यटक ८० प्रतिशतले घटे
विज्ञापन
Advertisement

मुस्ताङ । दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दशैपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ ।

कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।

गत वर्षको औँसी तिथिमा एकैदिन २० हजार बढी तीर्थालुले कागबेनीमा श्राद्ध गरेका थिए । यसवर्ष त्यो सङ्ख्या ८० प्रतिशतले घटेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार औँसी तिथिको अघिल्लो दिन शनिबार म्याग्दी हुँदै सडकमार्गबाट चार हजार एघार जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका छन् । योसङ्ख्या गतवर्षको बडादशैंअघिको औँसीको भन्दा ८० प्रतिशतले कम रहेको प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार औँसीको अघिल्लो दिन तीन हजार ८९९ जना स्वदेशी र एक सय १२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यहाँ औँसीको अघिल्लो दिन पाँच सय ७२ वटा सवारीसाधन मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

यसवर्षको दशैंअघिको प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध)को अन्तिम दिनसम्म मुस्ताङमा सडकमार्ग हुँदै कूल नौ हजार ५२ जना धार्मिक तीर्थालु भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यसैगरी यसअवधिमा सार्क राष्ट्रबाट दुई हजार २१६ जना विदेशी यहाँ आएका प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । उनका अनुसार स्रोहश्राद्ध अवधिमा दुई हजार ६३६ वटा सवारीसाधन भित्रिएका थिए।

गतवर्ष सोह्रश्राद्धको १६औँं दिनसम्ममा पचासौँ हजार धार्मिक तीर्थालुले मुस्ताङको कागबेनीमा आएर पितृको श्राद्ध गरेका थिए । विगतका वर्षको तुलनामा यसवर्ष कागबेनीमा औँसी नुहाउन एकदमै कम तीर्थालु आएका कागबेनीमा पूजारी ईश्वर रेग्मीले बताए । देशमा उत्पन्न परिस्थितिका कारण कागबेनीमा भक्तजनको आगमनसँगै रौनक घटेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit